नेपाल टी-२० लिग: तीन खेलमा लगातार जित निकाल्दै लयमा फर्कियो पोखरा
पाेखरा | पुस १८, २०७९
काठमाडौं: पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट लिगको लयमा फर्किएको छ । सुरुवाती खेलमा हार खेपेको पोखराले पछिल्लो तीन खेलमा लगातार जित निकाल्दै अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राखेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा पोखराले काठमाडौं नाईट्सलाई पाँच विकेटले हरायो ।
काठमाडौंले दिएको एक सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । पोखराको जितमा सुमित महर्जन र उपुल थरंगाले उत्कृष्ट प्रदर्शन गर्नुभयो । महर्जनले ७६ र थरंगाले ५८ रन बनाउनुभयो । कुशल मल्लले अविजित १४ रन बनाउनुभयो । बलिङमा काठमाडौंका कमल सिंह ऐरीले तीन विकेट लिनुभयो । अविनाश बोहोरा र अनिल खरेलले एक एक विकेट झार्नुभयो ।
यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । काठमाडौंका लागि एलेक्स ब्लेकले सर्वाधिक ६४ रन बनाउनुभयो । सुनाम गौतमले ४५ र विरनदिप सिंहले ३२ रन बनाउनुभयो । बलिङमा पोखराका तुलबहादुर थापाले दुई तथा प्रतिस जिसी र कुशल मल्लले एक एक विकेट लिनुभयो ।
लिगमा आठ खेल सकेको पोखरा ६ अङ्कसहित चौथो स्थानमा छ । ६ खेलबाट ६ नै अङ्क बनाएको काठमाडौं तेस्रो स्थानमा छ । पुस २७ गतेसम्म सञ्चालन हुने लिगमा ६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले डबल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् ।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...
मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

